Pura Samachar
  • अस्ट्रेलिया ७ विकेटले विजयी

    प्रकाशित: कार्तिक १२, २०७८

    अस्ट्रेलिया ७ विकेटले विजयी

    काठमाडौं । टि–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी भएको छ ।

    श्रीलंका विरुद्धको खेलमा अस्ट्रेलियाले जित हात पारेको हो । टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले श्रीलंकालाई निर्धारित ओभरमा १५५ रनमा सीमित ग–यो ।

    श्रीलंकाका लागि कुशल परेरा र असलंकाले ३५–३५ रनको योगदान दिए । अस्ट्रेलियाका लागि स्ट्रियाक, कोमिन्स र जम्पाले समान २–२ विकेट लिए ।

    श्रीलंकाले दिएको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमै पूरा ग¥यो । ओपनर ब्याट्सम्यान डिविट वारनरले सर्वाधिक ६५ रनको योगदान दिए ।

    त्यसपछि कप्तान एरोन फ्रिन्चले ३७ तथा स्टेभिन स्मिथले २८ रनको योगदान दिए । श्रीलंकाका लागि वानीदु हसरंगाले २ तथा दासु सन्काले १ विकेट लिए ।

    प्रतिक्रिया