Pura Samachar

प्रधान सेनापति शर्मा तीन दिने भ्रमणमा भारत जाँदै

प्रकाशित: October 29, 2021

प्रधान सेनापति शर्मा तीन दिने भ्रमणमा भारत जाँदै

प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। शर्माले कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाले सम्मान पाउने कार्यक्रम रहेको छ।

उनले भ्रमणका क्रममा समकक्षी जनरल नरवढेलगायत भारतीय सेनाका विभिन्न सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया