Pura Samachar

स्पेशल समरी रिभिजन 2022

प्रकाशित: October 29, 2021

स्पेशल समरी रिभिजन  2022

 

डा. हरिमोहन पोखरेल

कोहिमा /भारत सरकारको चुनाव आयोगको दिशा निर्देश अनुसार नागालैंड राज्यको चुनाव आयोग विभाग द्वारा हिजो साँझ एउटा दिशा निर्देश जारी गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार आगामी नोभेम्बर महिनामा स्पेशल समरी रिभिजन 2022 राखिने छ ।जसमा मतदाताहरूले आफ्नो मतदाता केन्द्रमा गएर खटाइएका कर्मचारीलाई सोधपुछ गरी नया मतदाता अर्थात जसको उमेर अठारह साल पुगेको छ ।तिनीहरूको नाम मतदाता सूचीमा दर्ता गर्न सकिने छ भने जुन मतदाताहरूको नाम एवं जन्मतिथि गलत आएको छ तिनीहरूको सुधार गर्न सकिने
छ ।त्यसमा कुनै प्रकारको शुल्क लाग्ने छैन तर संबंधित कागजात बुझाउनुपर्ने छ भन्दै समाचारले जनाएको छ ।
कुनै पनि मतदाताको मृत्यु भएको खण्डमा उसको /त्यसको नाम भने मतदाता सूचीबाट हटाउने काम पनि गर्न सकिने छ साथ -साथै कुनै मतदाताले भने अर्को स्थानबाट संबंधित स्थानमा स्थानान्तरण पनि गर्न सकिने छ भनै दिशा निर्देशले स्पष्ट पारेको छ ।
यो कार्यक्रममा अनिवार्य रूपले मतदाताहरू आफ्नो मतदान केन्द्रमा गएर आफ्नो नाम अवलोकन गरि चाहिएको खण्डमा सुधार गर्न सक्नु हुनेछ भने यो कार्य आगामी नोभेम्बर महिनामा पूरा महिना गरिने छ भने यस मतदाता सूचीको प्रकाशन मिति भने एक जनवरी दुई हजार बाइसमा गरिने छ ।तसर्थ, यस महत कार्यमा संबंधित खटिएका अधिकारीहरूलाई सक्दो सहयोग पुर्याउने पनि दिशा निर्देशले जनाएको छ ।
स्मरण रहोस् चुनाव आयोगले प्रत्येक चार वर्षमा यस्तो समरी रिभिजनको कार्य संपन्न गर्दछ ।जसमा धेरै नया मतदाताहरू सूचिमा गाभिन पुगेका हुन्छन भने कतिपयको नाम भने संबंधित कागजात नपुगेर गाभिन सक्दैन ।यो मतदाताको नया सूची भने पाॅच वर्ष पुगेका वर्ष प्रकाशित हुने गर्दछ ।

प्रतिक्रिया