Pura Samachar

काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

प्रकाशित: October 29, 2021

काँग्रेसमा कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । एक साताका लागि बेलायत प्रस्थान गरेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको बताए ।


सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले ०७४ मा भारत भ्रमण जाँदा  तत्कालीन अवस्थामा केन्द्रीय सदस्य मात्र रहेका निधिलाई कार्यवाहक सभापति तोकेका थिए । पछि ०७५ बैशाखमा देउवाले निधिलाई उपसभापति मनोनित गरेका थिए ।



यस्तै ०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए । तर यस पटक प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दासम्म निधिलाई कार्यवाहक जिम्मेवारी दिने कुनै संकेत थिएन ।


र्किएपछि मुख्यसचिव पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पत्र तयार परेका थिए ।


पार्टी र सरकार सञ्चालनका सन्दर्भमा आन्तरिक छलफल गर्दा पछिल्लो समय देउवा निधिलाई बाइपास गरेको देखिन्छ । पार्टी र सरकार सञ्चालनमा महामन्त्री पूर्णबहादुर खड्का हाबी भएका छन् । आज निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन गरिएको ढिलाइले पनि त्यो दर्शाउँछ ।

प्रतिक्रिया