Pura Samachar

टी-२० विश्वकपमा आज दुई खेल

प्रकाशित: October 29, 2021

टी-२० विश्वकपमा आज दुई खेल

दुबई– आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज शुक्रवार दुई खेल हुँदैछ ।

शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल दिउँसो ३:४५ बजेदेखि प्रारुम्भ हुनेछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् ।

दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

त्यस्तै, दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ ।

अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ ।

अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

सुपर(१२ को समूह(१ मा इङ्ल्याण्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ ।

अष्ट्रेलियाको दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा छ ।

अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा छ ।

नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

प्रतिक्रिया