Pura Samachar

प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन जारी हुन्छ: पुष्पकमल दाहाल

प्रकाशित: October 30, 2021

प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन जारी हुन्छ: पुष्पकमल दाहाल

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएलगत्तै नागरिकता ऐन जारी हुने दाबी गरेका छन्।

उनले नागरिकताको विषय टुंग्याउन खोजे पनि केपी ओलीको पालामा नसकिएको बताए।

‘प्रधानमन्त्री फर्केपछि नागरिकता ऐन पारित गर्ने काम सरकारले गर्छ। नागरिकताको समस्याको हल गर्नेछौं। प्राविधिक कुरा अहिले म भन्दिनँ,’ दाहालले भने।

नेपाल लोकतान्त्रिक शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकता सभालाई सर्लाहीमा सम्बोधन गर्दै दाहालले शनिबार यस्तो बताएका हुन्।

दाहालले राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र जनता समाजवादीका नेता उपेन्द्र यादवसँग पार्टी एकताको आह्वान पनि गरेका छन्।

 

‘ढिलो नगरी यही ठाउँमा आएर पार्टी एकता गरौं, जबसम्म तराई माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार स्थापित हुँदैन,’ उनले भने।

तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने दाहालले बताए।

‘मधेसलाई माओवादीबाट रोक्न कसैले सक्दैन, उपेन्द्रजी र महेन्द्रजीलाई सम्मान र अधिकार दिने कुरामा कुनै कन्जुस्याइँ हुने छैन,’ उनले भने।

प्रतिक्रिया