
केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा भएको उनको भनाइ थियो । ‘ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिनेरु किन संसद विघटन गर्न ?’ उनले प्रश्न गरे ।
चौधरीले चुनावबाट समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने दाबी गरे । ‘देशलाई संचालन गर्न सक्ने पार्टी बन्छ । समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौँ। दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी स्थापित भएको छ,’ उनले भने ।
नयाँ पार्टीले जनमत पाउँदैन भन्ने कुरालाई २०६४ सालको चुनावले गलत ठहर्याइसकेको भन्दै उनले थपे, ‘पुरानो पार्टीले मात्रै चुनाव जित्छ भन्नु बेकार हो । त्यो हो भने कांग्रेसले किन पटकपटक चुनाव हारेको छ?’ उनले प्रश्न गरे ।
चौधरीले पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाएको तर्क गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
प्रतिक्रिया