Pura Samachar
  • हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका पराजित

    प्रकाशित: कार्तिक १४, २०७८

    हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका पराजित

    वानिन्डु हसरंगाको ह्याट्रिकका बावजुद श्रीलंका दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो ।

    हसरंगाले एइडेन माक्र्रम, टेम्बा बाभुम्बा र ड्वेन प्रेटोरियसको विकेट लिँदै ह्याट्रिक गरेका थिए । तर, कप्तान बाभुम्बाको ४६ तथा डेभिड मिलरको २३ रनको मद्दतले दक्षिण अफ्रिकाले श्रीलंकाको लक्ष्यलाई पछ्यायो ।  श्रीलंकाका लागि दुस्मान्था चमिराले २ विकेट लिए ।

    यसअघि पहिलो ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निशांकाले सर्वाधिक ७२ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि ताब्रियास साम्सी र प्रेटोरियसले ३–३ विकेट लिए । तीन खेलमा दक्षिण अफ्रिकाको यो दोस्रो जीत हो भने श्रीलंकाका यो दोस्रो हार हो ।

    प्रतिक्रिया