Pura Samachar

दुई लाख डोज खोप माल्दिभ्सबाट आउँदै

प्रकाशित: October 31, 2021

दुई लाख डोज खोप माल्दिभ्सबाट आउँदै

ठमाडौं। नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ । कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने भएकाे हाे ।

यसअघि दिउँसो एक बजे खोप आउने कार्यतालिका रहेको  भए पनि बेलुका आईपुग्ने बताउँदै आज आउने खोप प्राथमिकताका आधारमा दिइने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आइसकेको छ ।

प्रतिक्रिया