Pura Samachar

१० बुँदे सहमति कार्यदलबाट एमाले उपाध्यक्ष भीम रावलको लिखित राजीनामा

प्रकाशित: October 31, 2021

१० बुँदे सहमति कार्यदलबाट एमाले उपाध्यक्ष भीम रावलको लिखित राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ ।

उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै रावलले राजीनामा दिनुभएको हो ।

नेता रावलले राजीनामा दिँदै भनेका छन्, ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउनेतर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिनेगरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणाअनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु ।’

उहाँले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गत कात्तिक १० गते नै लिखित राजीनामा पेश गरेको बताउनुभएको छ । एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो ।

रावलको राजिनामा स्वभाविक भएको अध्यक्ष ओलीले यसअघि नै प्रतिक्रिया दिइसक्नुभएको छ । कार्यदल संयोजक रावलले दिइएको जिम्मेवारी पूरा गर्न नसकेको ओलीको टिप्पणी थियो । माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजन गर्न नदिने उदेश्यले १० बूँदे सहमति गरिएको दाबी गर्दै अध्यक्ष ओलीले पार्टी विभाजनसँगै १० बूँदे र कार्यदलको औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया