Pura Samachar

सुनकोभाउ बढ्यो

प्रकाशित: November 1, 2021

सुनकोभाउ बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज  सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया