Pura Samachar

प्रदेश १ मा पनि एमाले सरकार ढल्यो

प्रकाशित: November 1, 2021

प्रदेश १ मा पनि एमाले सरकार ढल्यो

काठमाण्डौ । नेकपा एमालेमा आएको विभाजनको प्रभाव प्रदेश सरकारहरुमा परेको छ ।

एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश एक सरकार पनि ढल्ने निश्चित भएको छ । प्रदेश सरकारले आज विश्वासको मत लिने योजना थियो तर त्यस अघिनै मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषण गरेका छन ।

आचार्य भाद्र दश गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेशमा टिक्नको लागि सरकारले ९२ सांसदको महुमत मत त्याउनु पर्ने हुन्छ तर विपक्षसँग ५० सांसदको समर्थन भएपछि सरकार अल्पमतमा परेको हो । एमाले नेतृत्वमा रहेको बागमती प्रदेशको सरकार पनि यस अघिनै परिर्वतन भएको छ ।

प्रतिक्रिया