Pura Samachar

आइपुग्यो २ लाख मात्रा एस्ट्राजेनिका खोप

प्रकाशित: November 1, 2021

आइपुग्यो २ लाख मात्रा एस्ट्राजेनिका खोप

काठमाडाैं । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ ।

माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६ सय मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकूस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उहाँले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताउनुभयो ।

नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।

प्रतिक्रिया