Pura Samachar

सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा

प्रकाशित: November 1, 2021

सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक अहिले केहि बेरमा बस्दैछ । गृह मन्त्रालयमा बस्ने बैठकमा अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयमा छलफल हुने छ । यस्तै बैठकमा सीमा नाका व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ ।

बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुने बताइएकाे छ ।

प्रतिक्रिया