
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताउनुभएको छ ।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताउनुभएको हो । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उहाँको भनाइ थियो ।
उहाँले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताउनुभयो ।
उहाँले अब ल्याउदा सरोकारवालासँग छलफल गरेर ल्याइने बताउनुभयो ।
आफू गुठीको समस्यामा केन्द्रीत रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । यसका लागि आफूले पूर्वमन्त्रीहरु, पूर्वसचिवहरू, डिजीहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया