
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २८७ वटा नमुना ९७११५ पीसीआर र ३१७२ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा ५५५ जना निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमित संख्या ९ हजार १७४ छ । पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।५ प्रतिशत रहेको जनाएको छ ।
काठमाडौं उपत्यकामा ५०० भन्दा सक्रिय संक्रमित छन् । मनाङ, मुगु र हुम्लामा संक्रमित संख्या शून्य भएको जनाइएको छ । १० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म ८ लाख १३ हजार ४३३ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ लाख ९२ हजार ८३२ जना संक्रमण मुक्त भएका छन् । आज थप ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । आज थपिएका मृतक सहित ११ हजार ४२७ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया