Pura Samachar

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हिमपातकाे सम्भावना

प्रकाशित: November 4, 2021

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हिमपातकाे सम्भावना

काठमाडौं । बिहीवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका  केही   स्थानमा  हल्का  वर्षाको  संभावना  रहेको  छ  भने प्रदेश नं १, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका  केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया