
काठमाडौं । पछिल्लो २४ घण्टामा ३५६ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको ३ हजार २५९ पीसीआर र ३ हजार १२५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।
योसँगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ११५ जना पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ८९० सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५१८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ।
याेअवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया