Pura Samachar

प्रदेश १, बागमती र गण्डकीमा बदली रहने

प्रकाशित: November 5, 2021

प्रदेश १, बागमती र गण्डकीमा बदली रहने

काठमाडौँ-  आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सामान्य बदलीको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया