
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९ लाख ४ हजार ८०४ पुगेको छ ।
थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका हुन् । काेरोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४१३ रहेका छन् । जसमध्ये सात हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेशनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २ जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया