Pura Samachar

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

प्रकाशित: November 6, 2021

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

ललितपुर । ललितपुरको मंगलबजारको एउटा घरमा शुक्रबार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

शुक्रबार ६ बजेर ४५ मिनेटमा ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार चक्रबहिको एउटा घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

साढे तीन तलाको पुरानो घरमा अचानक भएको आगलागी चार जनाको ज्यान गएको महर्जनले बताउनुभयो ।

लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी छोरी अन्जना, बुहारी रत्ना र नाति रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। नातिको परिचय खुलेको छैन। छोरा निरज ताम्राकार र सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।

अरू घरकै आफन्तहरू रहेको तर उनीहरूको पहिचान खुलिसकेको छैन।

आगलागीको कारण खुलिसकेको छैन। घाइतेहरुलाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया