Pura Samachar

आईसीसी महिला क्रिकेट विश्वकपअन्तर्गत अष्ट्रेलियाकाे लगातार तेस्रो जित

प्रकाशित: March 13, 2022
पूरा समाचार

आईसीसी महिला क्रिकेट विश्वकपअन्तर्गत अष्ट्रेलियाकाे लगातार तेस्रो जित

काठमाडौं । न्यूजिल्याण्डमा जारी आईसीसी महिला क्रिकेट विश्वकपअन्तर्गत अष्ट्रेलियाले लगातार तेस्रो जित दर्ता गरेको छ । वेलिङटनमा आइतबार भएको खेलमा आयोजक न्यूजिल्यान्डलाई १ सय ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो ।

जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ३० दशमलब २ ओभरमा १ सय २८ रनमै सिमित भयो।न्यूजिल्यान्डका लागि एमी सेटर्थवेटले सर्वाधिक ४४ रन जोडिन्।

अष्ट्रेलियाका लागि डार्सिया ब्राउनले सर्वाधिक तीन विकेट हात पारिन् । अमान्डा जाडे वेलिङटन र अस्लेघ गार्डनरले समान दुई–दुई विकेट लिए।

एलिसी पेरी, टाहलिया माईकग्राथ र मेघन स्चुटले एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो।

अष्ट्रेलियाका लागि एलिसी पेरीले सर्वाधिक ६८ रनको योगदान गरिन्। टाहलिया माईकग्राथले ५७ तथा असलेघ गार्डनरले अविजित ४८ रन जोडिन्।

न्यूजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३ विकेट हात पारिन् । अमेलिया केर, हेयली जेनसन, फ्रान्सेस माक्या र हनाह रोवीले एक–एक विकेट लिए। यस जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अष्ट्रेलिया ६ अंकसहित भारतलाई पछि पर्दौ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। न्यूजिल्यान्डले चारमध्ये दुई खेलमा जित तथा दुई खेलमा पराजय भोग्दै ४ अंक जोडेको छ। ऊ अंक तालिकाको चौथो स्थानमा रहेको छ। दोस्रोमा भारत र तेस्रोमा दक्षिण अफ्रिका रहेको छ।

प्रतिक्रिया