
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा तीन करोड २५ हजार नाघेको छ । वर्ल्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २५ हजार ९६ पुगेको छ ।
जसमध्ये दुई करोड १७ लाख ७९ हजार पाँच सय ४७ जना संक्रमण मुक्त भइसकेका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या नौ लाख ४४ हजार छ सय ८० पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत पुगेको छ । अमेरिकामा संक्रमतिको संख्या ६८ लाख २७ हजार सात सय ९० र भारतमा संक्रमितको संख्या ५१ लाख १५ हजार आठ सय ९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४४ लाख २१ हजार छ सय ८६ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ ।
प्रतिक्रिया