Pura Samachar

युरोपा लिग : आर्सनल र टोटेनहम विजयी

प्रकाशित: November 6, 2020

युरोपा लिग : आर्सनल र टोटेनहम विजयी

युरोपा लिगमा इंग्लिस क्लबद्वय आर्सनल र टोटेनहमले बिहीबार भएको खेलमा जित निकालेका छन्।

समूह ‘बी’ को खेलमा आर्सनलले नर्वेको मोल्डेलाई ४-१ गोलले पराजित गर्‍यो।

अग्रता भने मोल्डेले २२ मिनेटमा इलिङसेनको गोलबाट लियो। पहिलो हाफको इन्जुरी टाइममा मोल्डेका हाउगेनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनललाई फाइनदा पुग्यो। जसका कारण खेल १-१ गोलको बराबरीमा आयो।

६२ मिनेटमा मोल्डेका सियानले अर्को आत्मघाती गोल गरे। दोस्रो आत्मघाती गोलको मद्दतमा आर्सनलले २-१ को अग्रता लियो।

आर्सनलका लागि पेपेले ६९ मिनेटमा तेस्रो गोल गर्दा विलकले ८८ मिनेटमा चौथो गोल गरे।

समूहमा आर्सनल लगातार तेस्रो जित निकालेर ९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको मोल्डेको ६ अंक छ।

यता समूह ‘जे’ को खेलमा टोटेनहमले बुल्गेरियन क्लब पीएफसी लूडोगोरेट्स राजग्रदलाई ३-१ गोलले पराजित गरेको छ।

टोटनहमको जितमा ह्यारी केनले १३ मिनेट, लुकास माउराले ३२ मिनेट र लो सेल्सोले ६२ मिनेटमा गोल गरे।

लूडोगोरेट्सका लागि केसेरुले ५० मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो।

समूहमा टोटेनहम ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको रोयल आन्थ्रोप र तेस्रो स्थानको लास्कको पनि ६ अंक नै छ। लुडोगोरेट्सले भने अंक जोड्न सकेको छैन।

प्रतिक्रिया