Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: January 8, 2024
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज भने तोलामा ७०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया