
प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरमा पराजित गर्यो। जितपछि छैठौं स्थानमा उक्लिएको एपीएफको ६ खेलबाट ६ अंक भएको छ। ५ खेलमा एकमात्र जित निकालेको लुम्बिनीको २ अंक छ।
लुम्बिनीले दिएको १३४ रनको मध्यम लक्ष्य एपीएफले २२.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्याे। उसको जितमा क्याप्टेन रोहित पौडेलले ५२ रन बनाए। इक्लाख अहमदको बलमा बोल्ड हुनुअघि रोहितले ४८ बलमा ४ चौका र एक छक्काको मद्दतमा अर्धसतकीय पारी खेले।
प्रतिक्रिया