Pura Samachar

एन्फाले तीन वटा प्रदेशमा लिग सञ्चालन गर्ने

प्रकाशित: December 25, 2020
पूरा समाचार

एन्फाले तीन वटा प्रदेशमा लिग सञ्चालन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वटा प्रदेशमा माघ पहिलो सातादेखि प्रदेशस्तरीय लिग सञ्चालन गर्ने भएको छ।

बिहीबार एन्फाले प्रदेश फुटबलका प्रतिनिधिसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा छलफल गरेको थियो।
अब प्रदेशले एक साता भित्र लिगको खाका एन्फालाई पठाउनेछ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रतियोगिता निर्देशन सञ्जिव मिश्र तथा बागमती, प्रदेश २ र सुदूरपश्चिकका प्रतिनिधिले छलफलमा भाग लिएका थिए।

यसअघि एन्फाले फागुनमा बी डिभिजन लिग सुचारु गर्ने निर्णय गरेको थियो।
यस्तै सी डिभिजन लिग चैत १ देखि गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया