Pura Samachar

सशस्त्र झडपमा परि इथियोपियामा १०० जनाको मृत्यु

प्रकाशित: December 25, 2020
पूरा समाचार

सशस्त्र झडपमा परि इथियोपियामा १०० जनाको मृत्यु

 इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बताएका छन् ।

बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ ।

मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ ।

आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।

मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा राखिरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया