Pura Samachar

अमेरिकामा पनि प्रवेश गऱ्यो भाइरसको नयाँ स्वरुप

प्रकाशित: December 30, 2020
पूरा समाचार

अमेरिकामा पनि प्रवेश गऱ्यो भाइरसको नयाँ स्वरुप

काठमाडौं – संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नयाँ कोरोनाभाइरसका पहिलो बिरामीको पुष्टि भएको छ ।

बेलायतबाट सुरु भएको नयाँ भाइरस सार्स–कोभ–२ भन्दा बढी सङ्क्रामक हुँदा दर्जनौं राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलोराडोमा पुष्टि भएका सङ्क्रमितको उमेर करिब २० वर्ष रहेको छ ।

स्वास्थ्य विभागले उहाँको कुनै यात्रा वृत्तान्त नरहेको जनाएको छ ।

राज्यका गर्भनर जैरेड पोलिसले आइसोलेशनमा रहेका बिरामीमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएको स्रोतबारे अनुसन्धान भइरहेको उल्लेख गर्नुभएको छ ।

अमेरिकामा नयाँ भाइरसबाट सङ्क्रमित भएको यो पहिलो घटना दत्र्ता गरिएपनि रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको हुन सक्ने दाबी गरेको छ ।

नयाँ कोरोनाभाइरसको सङ्क्रमण दक्षिण कोरिया, जापान, स्पेन, अष्ट्रेलिया र क्यानाडासहित कम्तिमा १७ राष्ट्रमा पुगेको द् गार्जियनले उल्लेख गरेको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको संख्या करिब एक करोड ४६ लाख पुगेको छ ।

प्रतिक्रिया