Pura Samachar

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने

प्रकाशित: January 5, 2021
पूरा समाचार

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं– स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैतको पहिलो साता ‘देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको नेतृत्वमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत २ देखि ७ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुनेछ ।

लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मेन्स भेट्रान सिंग्लस (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा समावेश गरिएको छ ।

देशभरका वडाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहने छ । विजयी खेलाडीले सिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै सिंगल्स स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतिक्रिया