Pura Samachar

महिला भलिबलले जित्यो ‘टिम अफ दि इयर’ अवार्ड, गल्फर सुवास उत्कृष्ट युवा खेलाडी

प्रकाशित: January 13, 2021
पूरा समाचार

महिला भलिबलले जित्यो ‘टिम अफ दि इयर’ अवार्ड, गल्फर सुवास उत्कृष्ट युवा खेलाडी

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्ट्स अवार्डमा महिला भलिबल टिमलाई अवार्ड प्रदान गरिएको हो।

महिला भलिबल टिमले गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो।

सागमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमले फाइनलमा भारतलाई कडा टक्कर दिएको थियो।

उत्कृष्ट प्रदर्शनका बावजुद फाइनलमा पराजित भएको नेपाली महिला भलिबल टिमको सबैले प्रशंसा गरेका थिए।

यता स्पोर्ट्स अवार्डको उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फर सुवास तामाङले जितेका छन्।

तामाङले भूपेन श्रेष्ठ  (तेक्वान्दो), पुनम श्रेष्ठ (जुडो), सन्जु चौधरी (भारोत्तोलन)  र सिना मादेन लिम्बु (तेक्वान्दो) लाई पछि पारे।

तामाङले १३औं सागमा गल्फमा एकल र समूहमा गरी २ स्वर्ण जितेका थिए। मनोनयनमा परेका अरु खेलाडी पनि सागका स्वर्ण विजेता हुन्।

युवा खेलाडी र टिम अफ दि इयर अवार्ड विजेताले ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया