Pura Samachar

बजेटमाथि कांग्रेसको टिप्पणी : हावादारी गफको निरन्तरता [पूर्णपाठ]

प्रकाशित: June 1, 2021

बजेटमाथि कांग्रेसको टिप्पणी : हावादारी गफको निरन्तरता [पूर्णपाठ]

नेपाली काँग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटलाई ‘हावादारी गफ’को निरन्तरता भएको जनाएको छ।सोमबार बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले बजेटमा कार्यान्वयन हुनै नसक्ने कार्यक्रम राखेर सरकारले जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाएको छ।

सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेस नेता मीनेन्द्र रिजालले कामचलाउ सरकारले बजेट ल्याउनै नपाउने अवस्थामा छलछाम गरेर पूर्णबजेट ल्याएको बताए ।

डा. मिनेन्द्र रिजालले पार्टीको धारणा सार्वजनिक गर्दै प्रतिनिधिसभा विघटनको कदमको वैधानिकता सर्वोच्च अदालतमा परीक्षण भइरहेको बेला संसदलाई छलेर राजश्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेट सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृती बेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताए।

उनले आम निर्वाचनमा जनतासमक्ष अनेकौं झूट वाचा गरेर बनेको वर्तमान सरकारले निर्वाचन मार्फत साढे तीन वर्षअघि आफूले प्राप्त गरेको जनअनुमोदनको आधार छिन्नभिन्न पारिसकेको बताए।

‘संसद्लाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेट, सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृति बेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ,’ कांग्रेसको भनाइ छ।

उनले भने, ‘झण्डै साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझ मुक्त हुन सकेको छैन ​_।’

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया