Pura Samachar

कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक नियुक्त

प्रकाशित: June 2, 2021
पूरा समाचार

कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक नियुक्त

इटालियन प्रशिक्षक कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक बनेका छन् । इंलिस प्रिमियर लिग क्लब एभर्टन छाडेर उनी स्पेनिस क्लबमा आबद्ध भएका हुन् ।

विगत १८ महिनादेखि एन्सिलोट्टी एभर्टनमा आबद्ध थिए । एभर्टनसँगको सम्झौता बाँकी छँदै तत्काल लागु हुनेगरी राजिनामा गरेर उनी रियलतर्फ लागेका हुन् ।

जिनेदिन जिदानले क्लब छाडेपछि रियलको प्रशिक्षक पद पनि नयाँ सिजनका लागि रिक्त थियो । ६१ वर्षीय एन्सिलोट्टी निकै अनुभवी प्रशिक्षक हुन् ।

उनले युभेन्टस्, एसी मिलान,चेल्सी, पेरिस सेन्ट जर्माइन, बार्यन म्युनिख, नापोलीलगायत युरोपका ठूला क्लब सम्मालिसकेका छन् ।

यसअघि पनि सन् २०१३ देखि २०१५ सम्म उनी रियलको प्रशिक्षक थिए ।

उनको कार्यकालमा रियलले युरोपेली च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युईएफए सुपर कप र कोपा डेल रे जितेको थियो ।

प्रतिक्रिया