Pura Samachar

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

प्रकाशित: June 2, 2021
पूरा समाचार

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

चितवन। पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए । अहिले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।

आगो नियन्त्रणको लागी दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए

प्रतिक्रिया