Pura Samachar

कोपा अमेरिकाको उद्‌घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा

प्रकाशित: June 4, 2021

कोपा अमेरिकाको उद्‌घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा

कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ अन्तर्गत जुन १३ मा हुने उद्‌घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने भएको छ।

सोही दिन कोलम्बिया र इक्वेइडरबीच खेल हुनेछ।

दोस्रो दिन जुन १४ मा अर्जेन्टिना र चिली तथा पाराग्वे र बोलिभियाबीच खेल हुनेछ।

समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन्।

समूह ‘बी’ मा ब्राजिल, कोलम्बिया, भेनेजुएला, इक्वेइडर र पेरु छन्।

यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने तय भएको थियो।

सुरुमा राजनीतिक आन्दोलनका कारण कोलम्बियालाई सहआयोजकबाट हटाइएको थियो।

त्यसपछि अर्जेन्टिनामा मात्र कोपा आयोजना गर्ने भनिए पनि त्यहाँ कोरोना संक्रमण बढेपछि ब्राजिललाई आयोजनाको जिम्मा दिइएको हो।

ब्राजिल कोपा अमेरिकाको साविक विजेता हो। सन् २०१९ मा घरेलु मैदानमा पेरुलाई पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो।

प्रतिक्रिया