
म्याड्रिड– आसन्न यूरो कप २०२० को तयारीका लागि गए राति सम्पन्न स्पेन र पोर्चुगलबीचको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल बराबरीमा टुंगिएको छ ।
स्पेनको म्याड्रिडमा गए राति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
खेल अवधिभर दुबै टोलिे पाएका सुन्दर मौकाहरु गोलमा परिणत हुन सकेनन् ।
यतिबेला यूरो कपको तयारीका लागि सहभागि राष्ट्रहरु अभ्यास खेलिरहेका छन् ।
स्पेनले अर्को मैत्रीपुर्ण खेल लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछन् ।
स्पेन रहेको समूह ‘ई’ मा स्वीडेन, पोल्यान्ड र स्लोभाकिया तथा पोर्चुगल रहेको समूह ‘एफ’ मा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् ।
यूरो कप जुन ११ देखि प्रारम्भ हुँदैछ ।
प्रतिक्रिया