Pura Samachar

आजदेखि पेट्रोलको प्रतिलिटर १ सय २५ रुपैयाँ

प्रकाशित: June 6, 2021

आजदेखि पेट्रोलको प्रतिलिटर १ सय २५ रुपैयाँ

काठमाडौं– नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

चारै पदार्थमा साविकको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको निगमका प्रवक्ता ई.विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

मूल्य बढेपछि आजदेखि पेट्रोल १२५, डिजेल १०८ र मट्टीतेल प्रतिलिटर ८० रूपैयाँ पुगेको छ ।

शनिबारसम्म पेट्रोलको मूल्य १२३, डिजेलको १०६ र मट्टितेलको ७८ रूपैयाँ प्रतिलिटर थियो ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छैन ।

प्रतिक्रिया