Pura Samachar

सुनको मूल्य, कति पुग्यो तोलाको ?

प्रकाशित: June 10, 2021

सुनको मूल्य, कति पुग्यो तोलाको ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको छ ।



बुधबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया