Pura Samachar

अस्ट्रेलियासँग ३-० ले पराजित

प्रकाशित: June 12, 2021

अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टिम अस्ट्रेलियासँग पराजित भएको छ ।   फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।



अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो । नेपाल पहिलो हाफको ४५औ मिनेटमा रोहित चन्दले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा पहिलो हाफमा अस्ट्रेलियाले खेलको छैटौ र ३८औ मिनेटमा एक एक गोल गरेको थियो भने दोस्रो हाफको ५७औ मिनेटमा तेस्रो गोल गरेको थियो ।

अस्ट्रेलियाका लागि म्याथ्यु लेकि, फरान काराकिक र मार्टिन बोयलीले एक एक गोल गरेका थिए । विश्वकपको छनौट अन्तर्गतनै नेपालले २०१९ मा अस्ट्रेलियाविरुद्ध ५-० को हार बेहोरेको थियो । योसँगै नेपालले विश्वकपको छनौट खेलमा ८ खेलमा ६ खेलमा हार र २ खेलमा जितसहित ६ अंकसहित आफ्नो यात्रा टुंगाएको छ ।

प्रतिक्रिया