Pura Samachar

शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

प्रकाशित: June 12, 2021

शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

काठमाडाैं – यूरो कप २०२० फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार आज बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् ।

विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ ।

आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् ।

यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ ।

गए रातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे ।

प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया