Pura Samachar

युरो कपमा तीन खेल हुँदै

प्रकाशित: June 14, 2021

युरो कपमा तीन खेल हुँदै

काठमाडौं। युरो कप २०२० अन्तर्गत आज (साेमवार) बेलुकी तीन खेल हुँदैछ । समूह ‘डी’ बाट दुई टोली र समूह ‘ई’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ : ४५ मा हुनेछ ।

यस्ताे छ आजकाे तीन खेलकाे तालिका : 

१. स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र

समूह : डी
नेपाली समय : साँझ ६ : ४५
स्थान : ह्यामडेन पार्क, ग्लासगो, स्कटल्यान्ड

२. पोल्याण्डविरुद्ध स्लोभाकिया

समूह : ई
नेपाली समय : बेलुकी ९ : ४५
स्थान : सेन्ट पिटर्सबर्ग एरेना, रसिया

३. स्पेनविरुद्ध स्वीडेन

समूह : ई
नेपाली समय : मध्यरात १२ : ४५
स्थान : सेभिल, स्पेन

प्रतिक्रिया