Pura Samachar

शुक्रवार बिहान पेरूसँग भिड्दै ब्राजिल

प्रकाशित: June 18, 2021

शुक्रवार बिहान पेरूसँग भिड्दै ब्राजिल

एजेन्सी– कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान साविक विजेता ब्राजिलले आफ्नो दोस्रो खेल खेल्दैछ ।

समुह बी अन्तर्गतको खेलमा ब्राजिलले शुक्रबार बिहान ५:४५ बजे पेरूसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गरेको थियो ।

पेरूले भने पहिलो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा ब्राजिलको जितमा नेइमार नायक बनेका थिए ।

उनले पहिलो गोल गर्दा अर्को गोलका लागि पास दिएका थिए ।

कोपा अमेरिकामा ब्राजिल र पेरूबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ, जसमा ब्राजिल १३ खेलमा विजयी भएको छ ।

तीन खेलमा पेरूले तीत हात पारेको छ ।

तीन खेल बराबरीमा सकिएका छन् ।

पेरूले पछिल्लो १-० अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र गोल खाएको छैन ।

ब्राजिल र पेरुबीचको खेलअघि समूह ए कै खेलमा कोलम्बिया र भेनेजुएलाबीच खेल हुनेछ ।

खेल राति २:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

पहिलो खेलमा कोलम्बियाले इक्वेइडरलाई १–० गोलले हराएको थियो ।

प्रतिक्रिया