
एजेन्सी – युक्रेनले बिहिबार राति सम्पन्न यूरो कप २०२० को पछिल्लो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेको छ ।
यो यूक्रेनको पहिलो जीत हो ।
यो जीतसंगै युक्रेनले समूह चरण पार गर्ने सम्भावना जीवितै राखेको छ ।
दोस्रो हार व्यहोरेको नर्थ म्यासेडोनियाको भने समूह चरण पार गर्ने सम्भावना कम भएको छ ।
युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो भने नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३–१ ले परापिजत भएको थियो ।
बुखारेस्टमा बिहीबार भएको खेलमा युक्रेनको जीतमा यार्मोलेन्को र रोमन यारेमचुकले गोल गर्दा नर्थ म्यासेडोनियाका इज्ग्जान एलिओस्कीले एक गोल फर्काए ।
यो जीसंगै समूह ‘सी’ मा युक्रेनले दुई खेलबाट ३ अंक जोडेको छ भने अंकविहीन म्यासेडोनिया पुछारमा रहेको छ ।
नेदरल्यान्ड्स र अष्ट्रियाको पनि समान ३ अंक छ ।
प्रतिक्रिया