Pura Samachar

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

प्रकाशित: July 10, 2021

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

कोपा अमेरिकामा कोलम्बिया तेस्रो भएको छ । तेस्रो स्थानको लागि शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।


कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए भने जुआन कुआड्राडो एक गोल गरेका थिए । डियाजले खेलको ९४औ मिनेटमा निर्णायक गोल गर्दै कोलम्बियालाई जित दिलाएका थिए । योसँगै डियाजले प्रतियोगितामा चार गोल गर्दै गोल्डेन बुटको दौडमा  लियोनेल मेसीको ४ गोलसँग बराबरी गरेका छन् । त्यस्तै पेरुका लागि योशिमार योटुन र गियानलुका लापाडुलाले एक एक गोल गरेका थिए ।

यस अघि सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो भने पेरु ब्राजिलसँग पराजित भएको थियो । कोपा अमेरिका अन्तर्गतको फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजे हुदै छ ।


प्रतिक्रिया