
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमवार विहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो
कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको कुल रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ ।
सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट सोमवार हुन लागेको हो । मागभन्दा करिब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरुमध्यबाट थप २ जनाले एक एक कित्ताका दरले पाउँनेछन् ।
प्रतिक्रिया