Pura Samachar

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १३३ रनले हरायो

प्रकाशित: July 21, 2021

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १३३ रनले हरायो

अष्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई डर्कवर्थ लुइसका आधरमा १३३ रनले हरायो। वर्षाले प्रभावित बनेपछि ४९ ओभरमा छोट्याइएको खेलमा एलेक्स क्यारीको ६७ रनप्रेरित अष्ट्रेलियाले ९ विकेट गुमाएर २५२ रन बनायो। वेष्ट इन्डिजका हेडेन वाल्सले पाँच विकेट लिए। २५७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २६.२ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो। अष्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए।

प्रतिक्रिया