
६ श्रावण २०७८काठमाडौं। चीनको हेनान प्रान्तमा इतिहासकै ठूलो पानी परेको छ ।
शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ छ । दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ।
रेल, सडक र विमानस्थल बन्द गरिएका छन्।
वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन्।
मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्।
मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्।
प्रतिक्रिया