Pura Samachar

ओलम्पिक–२०३२ को आयोजना ब्रिसबेनले गर्ने

प्रकाशित: July 21, 2021

ओलम्पिक–२०३२ को आयोजना ब्रिसबेनले गर्ने

एजेन्सी। अस्ट्रेलियाको ब्रिसबेन सहरले २०३२ मा ओलम्पिक आयोजना गर्ने भएको छ। बुधबार ब्रिसबेनको विरुद्धमा अन्यको दाबेदारी नपरेपछि ३२ वर्षपछि अस्ट्रेलियामा ओलम्पिक फर्किएको हो। अस्ट्रेलियाले पछिल्लो पटक २००० सिड्नी ओलम्पिक आयोजना गरेको थियो। त्यसअघि १९५६मा अस्ट्रेलियाको मेलबर्नमा ओलम्पिक आयोजना गरेको थियो। २०२४ को ओलम्पिक पेरिस र २०२८ को लस एन्जेल्समा आयोजना हुनेछ।

प्रतिक्रिया