Pura Samachar

ब्राजिल पुरुष फुटबलको क्वार्टरफाइनलमा

प्रकाशित: July 28, 2021

ब्राजिल पुरुष फुटबलको क्वार्टरफाइनलमा

साउन १३, २०७८
ओलम्पिकको पुरुष फुटबल

एजेन्सी। रिचार्लिसनको दुई गोलप्रेरित ब्राजिलले आज साउदी अरबलाई ३–१ ले हराउँदै टोकियो ओलम्पिक पुरुष फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। ब्राजिलले म्याथियस कुन्हाको गोलबाट १४औं मिनेटमा अग्रता लियो। अब्दुल्लाह अल अमरीले २७औं मिनेटमा बराबरी गोल फर्काए। रिचार्लिसनले ७६ र इन्जुरी समयमा गोल गरेपछि ब्रजिलले समूह ‘डी’बाट विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। ब्राजिलले समूहका तीन खेलमा सात अंक जोडेको थियो।

युई–जो ह्वाङले ह्याट्रिक गरेको दिन दक्षिण कोरियाले टोकियो ओलम्पिकको पुरुष फुटबलमा होन्डुरसलाई ६–०ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ। दक्षिण कोरियाको जितमा ह्वाङबाहेक डू–जाई वोन, जिन–या किम, काङ–इन लीले गोल गरे। ६ अंक जोडेको दक्षिण कोरियाले समूह ‘बी’बाट विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। रोमानियासँग गोलरहित बराबरी खेलेको न्युजिल्यान्ड गोलअन्तरका आधारमा उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो।

प्रतिक्रिया