Pura Samachar

साबिक विजेता ब्राजिल सेमिफाइनलमा

प्रकाशित: July 31, 2021

साबिक विजेता ब्राजिल सेमिफाइनलमा

एजेन्सी। म्याथ्युज कुन्हाको गोलमा साबिक विजेता ब्राजिलले आज इजिप्टलाई १–० ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

ब्राजिलको जितमा कुन्हाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। ब्राजिलले अब फाइनल प्रवेशका लागि दक्षिण कोरिया र मेक्सिकोबीचको विजेता विरुद्ध खेल्नेछ।

अर्को सेमिफाइनलमा आयोजक जापानले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। जापानले न्युजिल्यान्डलाई र स्पेनले आइभोरी कोष्टलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो

जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो।

टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो।

जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया